फोटोमा हेर्नुहोस राजाको छनक दिने राष्ट्रपति बिद्या भण्डारीको संसद सवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई बिहिबार सम्बोधन गरेकी छन्। अपरान्ह ४ बजेपछि उनले बैठकलाई लिखित सम्बोधन गरेकी हुन्। राष्ट्रपतिको लिखित सम्बोधन सरकारले तयार पारेको हो। राष्ट्रपतिले सम्बोधन गर्नु केहीबेरअघिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित सम्बोधन राष्ट्रपतिलाई दिएका थिए। संसदमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लोकतन्त्र थेगोमात्र नभएर जीवनशैली भएको बताइन्।